काममा निष्पक्षता
तपाईं र तपाईंको रोजगारदाताका अधिकार र जिम्मेवारीहरू - अर्थात तपाईंका रोजगार सर्तहरू - फिनल्याण्डका कानुन र संयुक्त सम्झौताहरूद्वारा नियन्त्रित हुन्छन् । फिनल्याण्डमा, विदेशी कर्मचारीहरूसँग फिनीस कर्मचारीहरूका जस्तै अधिकार र जिम्मेवारीहरू हुन्छन् ।
