आफ्ना अधिकार र जिम्मेवारीहरू थाहा पाउनुहोस्
तपाईं र तपाईंको रोजगारदाताका अधिकार र जिम्मेवारीहरू – अर्थात तपाईंका रोजगार सर्तहरू – फिनल्याण्डका कानुन र संयुक्त सम्झौताहरूद्वारा नियन्त्रित हुन्छन् ।
फिनल्याण्डमा, विदेशी कर्मचारीहरूसँग फिनीस कर्मचारीहरूका जस्तै अधिकार र जिम्मेवारीहरू हुन्छन् ।
उमेर, जातीयता, राष्ट्रियता, भाषा, धर्म, आस्था, विचार, राजनैतिक क्रियाकलाप, श्रमिक संघ क्रियाकलाप, पारिवारिक सम्बन्धहरू, स्वास्थ्य, अपाङ्गता, लैङ्गिक झुकाव वा कर्मचारीको व्यक्तित्वसँग सम्बन्धित कुनै पनि आधारमा कुनै पनि भेदभाव गर्ने अनुमति दिइने छैन ।
उदाहरणका लागि, तपाईं विदेशी कर्मचारी भएका कारणले तपाईंको भुक्तानी घटाइने छैन ।
लिङ्ग, लैङ्गिक पहिचान वा लैङ्गिक अभिव्यक्तिका आधारमा गरिने भेदभाव पनि निषेधित गरिएको छ ।
संयुक्त सम्झौताहरू
श्रमिक संघ र रोजगारदाता महासंघहरूले कर्मचारी र रोजगारदाताहरूका अधिकार र जिम्मेवारीहरू – रोजगारका सर्तहरू निर्णय गर्नका लागि संयुक्त सम्झौताहरूको व्यवस्था गरेका हुन्छन् । यसमा, उदाहरणका लागि, भुक्तानी, बोनस, काम गर्ने समय, बिदा र तालिमको अधिकार समावेश हुन्छन् ।
लगभग हरेक उद्योगसँग संयुक्त सम्झौता हुन्छ । संयुक्त सम्झौता भएका उद्योगहरूमा, उदाहरणका लागि, खुद्रा बिक्री, सरसफाइ र निर्माण समावेश हुन्छन् । तपाईंको रोजगारदाता वा श्रमिक संघबाट तपाईंको उद्योगको संयुक्त सम्झौताको एउटा प्रतिलिपि अनुरोध गर्नुहोस् ।
संयुक्त सम्झौताहरू रोजगार सम्झौताहरू जस्तै होइनन् ।
रोजगार सम्झौताहरू
तपाईलें कुनै रोजगारदाताका लागि काम गर्न सुरु गर्दा, उनीहरूसँग सधैं लिखित रोजगार करार गर्नुहोस् । समस्या परेमा, तपाईंले काम सुरु गर्दा के कुरा सहमतभएको भनी जाँच गर्न करार हेर्न सक्नुहुन्छ ।
रोजगार करारमा, तपाईं निश्चित कार्य गर्न सहमत हुनुहुन्छ र तपाईंको रोजगारदाताले निश्चित क्षतिपूर्ति भुक्तान गर्न र रोजगारका सर्तहरू पालना गर्न सहमत हुन्छ ।
तपाईंको रोजगार करार सधैं लिखित रूपमा गर्नुहोस् । मौखिक करारहरू पनि मान्य हुन्छन् तर यदि तपाईंलाई समस्या भएमा, तपाईंसँग लिखित करार भएको खण्डमा तपाईं के कुरामा सहमत हुनुभएको थियो भन्ने कुरा प्रमाणितसिद्ध गर्न सहज हुन्छ । यदि तपाईंले मौखिक करार गरेको भए तापनि तपाईंको रोजगारदाताले तपाईंलाई रोजगारका सर्ताहरू लिखित रूपमा दिनुपर्छ ।
रोजगार करारका सर्तहरू कम्तीमा पनि संयुक्त सम्झौता जत्तिकै राम्रो हुनुपर्छ ।
आफ्नो रोजगार करार निम्न कुराका लागि सधैं जाँच गर्नुहोस्:
- पक्षहरू:
- तपाईंको रोजगारदाताको नाम र व्यवसाय वा दर्ता गरिएको कार्यालयको स्थान
- तपाईंको (कर्मचारीको) नाम रनिवासस्थान
- के त्यहाँ परीक्षण अवधि छ ? त्यो कति समयको छ?
- परीक्षण तपाईं वा तपाईंको रोजगारदातालाई रोजगार करारलाई निरन्तरता दिन चाहे/नचाहेको विचार गर्न दिइएको समय हो । परीक्षणका क्रममा, रोजगारदाता र कर्मचारी दुवैले सूचनाको अवधि बिना नै रोजगार करार रद्द गर्न सक्ने छन् । परीक्षण अवधि बढीमा छ-महिनाको हुन्छ ।
- काम गर्ने अवधि:
- के तपाईंको रोजगार स्थायी ( तय नगरिएको अवधि वा निरन्तर) वा अस्ठायी (तय गरिएको अवधि) हो?
- अस्ठायी करारहरूले अस्थायी रोजगारको लागि कारण खुलाउनु पर्ने छ ।
- तय गरिएको अवधिको रोजगार करारमा अन्तिम मिति वा अनुमानित अन्तिम मिति हुनु पर्छ ।
- तपाईं कुन ठाउँमा काम गर्नु हुने छ ?
- तपाईंको काममा के-कस्ता कार्यहरू समावेश गरिएका छन्?
- तपाईंलाई काम गरे बापत कति भुक्तानी दिइन्छ ?
- संयुक्त सम्झौताले न्यूनतम भुक्तानी निर्णय गर्छ । फिनल्याण्डमा न्यूनतम भुक्तानीको कुनै विधान छैन ।
- तपाईंको भुक्तानी तपाईंको बैंक खातामा भुक्तान गरिन्छ ।
- तपाईंको भुक्तानी पाउने दिन कुन हो ?
- तपाईं कति घण्टा काम गर्नु हुने छ ?
- फिनल्याण्डमा, पूर्ण अवधिको रोजगार प्रायजसो हप्ताको पाँच दिन र बढीमा दैनिक आठ घण्टा काम गर्नु भनेर मानिन्छ ।
- कानुनले ओभरटाइम र आइतवार काम गरेको थप क्षतिपूर्ति दिनु पर्ने आवश्यक ठान्छ । साँझ वा बिदाका दिनको कामको क्षतिपूर्ति प्राय: संयुक्त सम्झौतामा समावेश गरिएको हुन्छ ।
- यदि तपाईं आंशिक-समयको सम्झौता गरिरहनुभएको छ भने प्रयाप्त भुक्तानी पाउन प्रयाप्त कार्य घण्टा भएको सुनिश्चित गर्नुहोस् । न्यूनतम घण्टा भन्नाले तपाईंले कम्तीमा रोजगार करारमा लेखिएको घण्टा प्राप्त गर्नु हुने छ भन्ने जनाउँदछ ।
- उदाहरणका लागि, यदि तपाईंको रोजगार करारले हप्ताको 0 देखि 20 घण्टा भन्छ भने तपाईंले केही हप्ता कुनै घण्टा र साथै कुने भुक्तानी प्राप्त गर्नु हुने छैन ।
- आफूले कहिले र कति काम गरें भन्ने कुराको सधैं टिपोट राख्नुहोस् । तपाईं आफूलाई सही रूपमा भुक्तानी भएको सुनिश्चित गर्नका लागि आफ्ना टिपोटहरू जाँच गर्न सक्नु हुने छ । यो विवादमा पनि सहयोगी हुन सक्छ ।
- तपाईंको काम कहिले देखि सुरु हुन्छ ?
- वार्षिक बिदा:
- यदि तपाईं महिनाको कम्तीमा 35 घण्टा वा 14 दिन काम गर्नुहुन्छ भने तपाईंलाई वार्षिक बिदाको हकदार मानिन्छ ।
- एक वर्षभन्दा कम काम गरे पश्चात, तपाईंले हरेक महिना दुई बिदाका दिन पाउनु हुने छ ।
- एक वर्षभन्दा बढी काम गरे पश्चात, तपाईंले हरेक महिना दुई र आधा बिदाका दिन पाउनु हुने छ ।
- सूचनाको अवधि:
- सूचनाको अवधि भन्नाले तपाईं वा तपाईंको रोजगारदाताले तपाईंको रोजगारी सम्झौता समाप्त भए पश्चात कति समय काम गर्नु पर्छ भन्ने हो ।
- यदि एउटा रोजगारदाताले कर्मचारीलाई हटाउन चाहन्छ भने उहाँसँग यस्तो गर्नुपर्ने उपयुक्त र वजनदार कारण हुनु पर्दछ ।
- वैध रहेको अवस्थामा रोजगारदाताले तय गरिएको अवधिको रोजगार करार समाप्त गर्ने छैन ।
- कर्मचारीहरूले तय गरिएको रोजगार करार वैध रहेसम्म राजिनामा दिने छैनन् तर यसका बारेमा उनीहरूले आफ्नो रोजगारदातासँग समझदारी गर्न सक्ने छन् ।
- तपाईंको कामका लागि संयुक्त सम्झौता के हो ?
हस्ताक्षर गर्नु अघि आफ्नो रोजगार करार ध्यानपूर्वक पढ्नुहोस् । तपाईंले नबुझेको कुनै कुरामा कहिल्यै पनि हस्ताक्षर नगर्नुहोस् ।
बेतलबी कामको अवधिमा तालिम
बेतलबी कामको अवधिमा तालिम तब मात्र वैध मानिन्छ जब कुनै आधिकारिक शैक्षिक संस्था वा TE सेवाहरू (फिनिश रोजगार कार्यालय) मार्फत प्रदान गरिन्छ । यदि एउटा रोजगारदाताले उपयुक्त उम्मेदवारलाई जाँच गर्न चाहन्छ भने रोजगार करारमा परिक्षणकाल समावेश गर्न सक्छ । तब पनि परीक्षणकालको कर्मचारीलाई भुक्तान गरिनु पर्ने छ ।
तपाईंसँग अभिमुखीकरणको अधिकार छ
अभिमुखीकरण भन्नाले तपाईंलाई तपाईंको काम र कार्यस्थलका नियमहरूका बारेमा पढाउनु हो । तपाईंलाई तपाईंको काम र कार्यस्थलका , कार्यस्थलका सामान्य निर्देशनहरू, मेसिनहरू तथा उपकरणहरूको प्रयोग, सुरक्षित कार्य गर्ने तरिकाहरू र तपाईंको कामका जोखिमहरू र खतराहरूका बारेमा जानकार हुनुपर्छ ।
बिरामी कर्मचारीसँग अनुपस्थित हुने अधिकार हुन्छ ।
यदि तपाईं बिरामी हुनुभयो भने, तपाईंको अनुपस्थितिका बारेमा तपाईंको रोजगारदातालाई तुरुन्तै खबर गर्नुहोस् । यदि रोजगारदातालाई आवश्यकता परेमा, प्रमाणपत्रका लागि डाक्टरलाई भेट्नुहोस् र तपाईंको रोजगारदातालाई उक्त प्रमाणपत्र पठाउनुहोस् ।
तपाईंको रोजगारदाताले जब तपाईं बिरामी पर्नुहुन्छ त्यो दिनको भुक्तानी दिनु पर्दछ । यदि तपाईंको बिरामी लम्बियो र तपाईंलाई काम गर्नबाट रोक्छ भने तपाईं थप नौं दिनको भुक्तानीको हकदार हुनुहुन्छ । यदि तपाईंले कम्तीमा एक महिना काम गर्नुभएको छ भने तपाईं पूर्ण भुक्तानीको हकदार हुनुहुन्छ । यदि तपाईंले एक महिनाभन्दा कम काम गर्नुभएको छ भने, तपाईं आधा भुक्तानीको हकदार हुनुहुन्छ ।
बिरामी भुक्तानीका बारेमा अन्य प्रावधानहरू भएमा सो हेर्न उद्योगको संयुक्त सम्झौता पनि जाँच गर्नुहोस् । सामान्यतया, संयुक्त सम्झौताहरूमा तपाईंले थप दिनका लागि पूर्ण भुक्तानी पाउने कुरा उल्लेख भएका राम्रा सर्तहरू हुने छन् ।
पेशागत स्वास्थ्य हेरचाह
तपाईंको स्वास्थ्य र काम गर्ने क्षमता हेर्नमा सहायता गर्नका लागि रोजगारदाताले पेशागत स्वास्थ्य हेरचाहको व्यवस्था गर्नुपर्छ । धेरैजसो रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूका लागि चिकित्सा सेवाहरू समेत प्रदान गर्दछन् ।
दुर्घटना तथा पेशागत बिमारीहरू विरुद्ध बीमा गराउनु रोजगारदाताको एक कर्तब्य हुन्छ । बीमाले उदाहरणका लागि कार्यस्थलमा वा तपाईंको यात्राका क्रममा लागेका चोटपटक समेट्न सक्दछ ।