काममा दुर्व्यवहारको लागि हेर्नुहोस्
एउटा रोजगारदाताले आफ्नो कर्मचारीलाई आपराधिक शोषण गरिरहेको हुन्छ जब तिनले, उदाहरणका लागि,
- कानुन वा संयुक्त सम्झौताको आधारमा पाउनुपर्ने भन्दा कम तलब भुक्तान गर्छ (कम भुक्तानी)
- कानुन वा रोजगार करारले निर्धारण गरेको बिदा दिनका लागि अस्वीकार गर्दछ
- थप क्षतिपूर्ति बिना कर्मचारीलाई अत्याधिक घण्टा काम गर्न माग गर्दछ
- कर्मचारीलाई उनीहरूको काम वा आवास अनुमतिको सट्टामा भुक्तानी माग गर्छ
- कर्मचारीलाई बिरामी बिदा लिन निषेध गर्छ
- पेशागत स्वास्थ्य हेरचाहको व्यवस्था गराउन असफल हुन्छ
- अमानवीय बस्ने अवस्थाहरू प्रदान गर्छ ।
यदि तपाईंलाई आपराधिक श्रम शोषण भएको शङ्का लागेमा प्रहरी वा पीडित सहायता फिनल्याण्डमा सम्पर्क गर्नुहोस् । तपाईंले गोप्य रूपमा पीडित सहायता फिनल्याण्डमा अगाडी कसरी बढ्ने बारेमा सुझाव-सल्लाहाका लागि सम्पर्क गर्न सक्नुहुन्छ । help@riku.fi मा इमेल पठाउनुहोस वा +358 40 632 9293 मा फोन गर्नुहोस् (पाठ सन्देशहरू र WhatsApp ले समेत काम गर्ने छ) ।
मानव तस्करीको मुद्दामा
+358 295 463 177 (www.ihmiskauppa.fi/en) मा फोन गर्नुहोस् (मानव तस्करीका पीडितको सहायता प्रणाली) ।
यदि तपाईं रोजगारदाता शोषण र तिनको उपेक्षाबाट पीडित हुनुहुन्छ भने महत्त्वपूर्ण छ, तपाईंले रोजगारदाता परिवर्तन गर्नका लागि थप अनुमति वा प्रमाणपत्रका लागि आवेदन दिन सक्नुहुन्छ । तपाईंसँग फिनिश आवास अनुमति हुनुपर्छ जसमा काम गर्ने अधिकार समावेश छ ।