श्रमिक संघमा सामेल हुनुहोस्
फिनल्याण्डका अधिकांश कर्मचारीहरू तिनीहरूका उद्योगको श्रमिक संघकाका सदस्यहरू रहेका छन् । तपाईं कामका लागि फिनल्याण्ड आउँदा तपाईसँग श्रमिक संघमा सामेल हुने अधिकार हुन्छ । तपाईंको श्रमिक संघले तपाईंलाई तपाईंको रोजगारदातासँग कुनै समस्या भएमा सहायता गर्ने छ ।
श्रमिक संघहरूले रोजगारदाता महासंघसँग रोजगारका सर्तहरूको व्यवस्था पनि गर्दछ । अर्को शब्दमा भन्नुपर्दा, रोजगारका सर्तहरू तपाईंका लागि व्यवस्था गरिन्छन् ।
तपाईं श्रमिक संघमा सामेल हुँदा आफ्नो उद्योगको बेरोजगारी कोषमा पनि सामेल हुन सक्नुहुन्छ। तपाईं बेरोजगार हुँदा, तपाईं बेरोजगारी सुरक्षाको हकदार हुनुहुन्छ भने तपाईंको बेरोजगारी कोषले तपाईंलाई कमाई-सम्बन्धित बेरोजगारी फाइदाको भुक्तानी दिने छ ।
यहाँ तपाईंको श्रमिक संघ सजिलैसँग फेला पार्नुहोस्ः
Liitot.fi:
अङ्ग्रेजी/
फिनिश