समस्यामा परेमा, सहयोगका लागि सोध्नुहोस्
तपाईंले काम गर्दा ती चीजहरू देख्न सक्नुहुन्छ जुन तपाईंलाई खराब वा अनुचित रूपमा सञ्चालन गरिएको छ जस्तो लाग्छ । सधैं सुरुमा ती कुरा तपाईंको रोजगारदातासँग छलफल गर्ने प्रयास गर्नुहोस् । छलफलका लागि लिखित सन्देशहरू वा इमेलको प्रयोग गर्नुहोस् र सबै सन्देशहरू सुरक्षित गर्नुहोस् ।
यदि तपाईंको रोजगारदातासँग भइरहेको कुराकानी कुनै निष्कर्षमा पुगेको छैन भने के गर्ने भन्ने यहाँ छ:
युनियन सदस्यहरू
तपाईंको कार्यस्थलमा भएको कर्मचारी प्रतिनिधि वा श्रम सुरक्षा प्रतिनिधिसँग कुरा गर्नुहोस् । कर्मचारी प्रतिनिधिहरू (सप स्टेवार्डस्) ले कार्यस्थलमा कर्मचारी र उनीहरूको श्रमिक संघको प्रतिनिधित्व गर्छन् । तिनीहरू कर्मचारीहरूले संयुक्त रूपमा चयन गरेका एउटा कर्मचारी हुन् । श्रम सुरक्षा प्रतिनिधिले कर्मचारीहरूको पेशागत सुरक्षाको अनुगमन गर्दछ र सम्बन्धित कानुन जान्दछ ।
यदि तपाईंको कार्यस्थलमा कुनै प्रतिनिधि छैन भने, आफ्नो श्रमिक संघको क्षेत्रीय कार्यालयमा सम्पर्क गर्नुहोस् वा युनियन हटलाइनमा फोन गर्नुहोस् ।
यदि तपाईं युनियन सदस्य होइन भने
सहकर्मी वा कार्यस्थल श्रम सुरक्षा प्रतिनिधिसँग कुरा गर्नुहोस्। यदि कुनै समाधान पाइएन भने, तपाईंले पेशागत सुरक्षा र स्वास्थ्य प्रशासन वा SAK को कर्मचारी अधिकार हटलाइनमा सम्पर्क गर्न सक्नु हुने छ ।
के तपाईंलाई आपराधिक श्रम शोषणको शङ्का छ ?
सुझाव-सल्लाह
टोल-फ्री SAK कर्मचारी अधिकार हटलाइनका लागि नम्बर
+358 800 414 004 हो (सोमवार 14-17 मा र मङ्गलवार र बुधवार 9-11 मा र 12-15 मा) । तपाईं
workinfinland@sak.fi मा इमेल गर्न पनि सक्नु हुन्छ ।
SAK कर्मचारीका अधिकारहरूको हटलाइनले फिनिश, स्वीडिश र अङ्ग्रेजी भाषामा सुझाव दिन्छ।
पेशागत सुरक्षा र स्वास्थ्य प्रशासनको नम्बर +358 295 016 620 हो (सोमवार-शुक्रवार 9-15) ।