आफ्ना अधिकार र जिम्मेवारीहरू थाहा पाउनुहोस्
तपाईं र तपाईंको रोजगारदाताका अधिकार र जिम्मेवारीहरू – अर्थात तपाईंका रोजगार सर्तहरू – फिनल्याण्डका कानुन र संयुक्त सम्झौताहरूद्वारा नियन्त्रित हुन्छन् । 
फिनल्याण्डमा, विदेशी कर्मचारीहरूसँग फिनीस कर्मचारीहरूका जस्तै अधिकार र जिम्मेवारीहरू हुन्छन् । 
उमेर, जातीयता, राष्ट्रियता, भाषा, धर्म, आस्था, विचार, राजनैतिक क्रियाकलाप, श्रमिक संघ क्रियाकलाप, पारिवारिक सम्बन्धहरू, स्वास्थ्य, अपाङ्गता, लैङ्गिक झुकाव वा कर्मचारीको व्यक्तित्वसँग सम्बन्धित कुनै पनि आधारमा कुनै पनि भेदभाव गर्ने अनुमति दिइने छैन ।
उदाहरणका लागि, तपाईं विदेशी कर्मचारी भएका कारणले तपाईंको भुक्तानी घटाइने छैन । 
लिङ्ग, लैङ्गिक पहिचान वा लैङ्गिक अभिव्यक्तिका आधारमा गरिने भेदभाव पनि निषेधित गरिएको छ ।
संयुक्त सम्झौताहरू
श्रमिक संघ र रोजगारदाता महासंघहरूले कर्मचारी र रोजगारदाताहरूका अधिकार र जिम्मेवारीहरू – रोजगारका सर्तहरू निर्णय गर्नका लागि संयुक्त सम्झौताहरूको व्यवस्था गरेका हुन्छन् । यसमा, उदाहरणका लागि, भुक्तानी, बोनस, काम गर्ने समय, बिदा र तालिमको अधिकार समावेश हुन्छन् ।
लगभग हरेक उद्योगसँग संयुक्त सम्झौता हुन्छ । संयुक्त सम्झौता भएका उद्योगहरूमा, उदाहरणका लागि, खुद्रा बिक्री, सरसफाइ र निर्माण समावेश हुन्छन् । तपाईंको रोजगारदाता वा श्रमिक संघबाट तपाईंको उद्योगको संयुक्त सम्झौताको एउटा प्रतिलिपि अनुरोध गर्नुहोस् ।
संयुक्त सम्झौताहरू रोजगार सम्झौताहरू जस्तै होइनन् ।
रोजगार सम्झौताहरू
तपाईलें कुनै रोजगारदाताका लागि काम गर्न सुरु गर्दा, उनीहरूसँग सधैं लिखित रोजगार करार गर्नुहोस् । समस्या परेमा, तपाईंले काम सुरु गर्दा के कुरा सहमतभएको भनी जाँच गर्न करार हेर्न सक्नुहुन्छ ।
रोजगार करारमा, तपाईं निश्चित कार्य गर्न सहमत हुनुहुन्छ र तपाईंको रोजगारदाताले निश्चित क्षतिपूर्ति भुक्तान गर्न र रोजगारका सर्तहरू पालना गर्न सहमत हुन्छ ।
तपाईंको रोजगार करार सधैं लिखित रूपमा गर्नुहोस् । मौखिक करारहरू पनि मान्य हुन्छन् तर यदि तपाईंलाई समस्या भएमा, तपाईंसँग लिखित करार भएको खण्डमा तपाईं के कुरामा सहमत हुनुभएको थियो भन्ने कुरा प्रमाणितसिद्ध गर्न सहज हुन्छ । यदि तपाईंले मौखिक करार गरेको भए तापनि तपाईंको रोजगारदाताले तपाईंलाई रोजगारका सर्ताहरू लिखित रूपमा दिनुपर्छ ।
रोजगार करारका सर्तहरू कम्तीमा पनि संयुक्त सम्झौता जत्तिकै राम्रो हुनुपर्छ ।
आफ्नो रोजगार करार निम्न कुराका लागि सधैं जाँच गर्नुहोस्:
हस्ताक्षर गर्नु अघि आफ्नो रोजगार करार ध्यानपूर्वक पढ्नुहोस् । तपाईंले नबुझेको कुनै कुरामा कहिल्यै पनि हस्ताक्षर नगर्नुहोस् । 
बेतलबी कामको अवधिमा तालिम
बेतलबी कामको अवधिमा तालिम तब मात्र वैध मानिन्छ जब कुनै आधिकारिक शैक्षिक संस्था वा TE सेवाहरू (फिनिश रोजगार कार्यालय) मार्फत प्रदान गरिन्छ । यदि एउटा रोजगारदाताले उपयुक्त उम्मेदवारलाई जाँच गर्न चाहन्छ भने रोजगार करारमा परिक्षणकाल समावेश गर्न सक्छ । तब पनि परीक्षणकालको कर्मचारीलाई भुक्तान गरिनु पर्ने छ ।
तपाईंसँग अभिमुखीकरणको अधिकार छ
अभिमुखीकरण भन्नाले तपाईंलाई तपाईंको काम र कार्यस्थलका नियमहरूका बारेमा पढाउनु हो । तपाईंलाई तपाईंको काम र कार्यस्थलका , कार्यस्थलका सामान्य निर्देशनहरू, मेसिनहरू तथा उपकरणहरूको प्रयोग, सुरक्षित कार्य गर्ने तरिकाहरू र तपाईंको कामका जोखिमहरू र खतराहरूका बारेमा जानकार हुनुपर्छ ।
बिरामी कर्मचारीसँग अनुपस्थित हुने अधिकार हुन्छ ।
यदि तपाईं बिरामी हुनुभयो भने, तपाईंको अनुपस्थितिका बारेमा तपाईंको रोजगारदातालाई तुरुन्तै खबर गर्नुहोस् । यदि रोजगारदातालाई आवश्यकता परेमा, प्रमाणपत्रका लागि डाक्टरलाई भेट्नुहोस् र तपाईंको रोजगारदातालाई उक्त प्रमाणपत्र पठाउनुहोस् ।
तपाईंको रोजगारदाताले जब तपाईं बिरामी पर्नुहुन्छ त्यो दिनको भुक्तानी दिनु पर्दछ । यदि तपाईंको बिरामी लम्बियो र तपाईंलाई काम गर्नबाट रोक्छ भने तपाईं थप नौं दिनको भुक्तानीको हकदार हुनुहुन्छ । यदि तपाईंले कम्तीमा एक महिना काम गर्नुभएको छ भने तपाईं पूर्ण भुक्तानीको हकदार हुनुहुन्छ । यदि तपाईंले एक महिनाभन्दा कम काम गर्नुभएको छ भने, तपाईं आधा भुक्तानीको हकदार हुनुहुन्छ ।
बिरामी भुक्तानीका बारेमा अन्य प्रावधानहरू भएमा सो हेर्न उद्योगको संयुक्त सम्झौता पनि जाँच गर्नुहोस् । सामान्यतया, संयुक्त सम्झौताहरूमा तपाईंले थप दिनका लागि पूर्ण भुक्तानी पाउने कुरा उल्लेख भएका राम्रा सर्तहरू हुने छन् । 
पेशागत स्वास्थ्य हेरचाह
तपाईंको स्वास्थ्य र काम गर्ने क्षमता हेर्नमा सहायता गर्नका लागि रोजगारदाताले पेशागत स्वास्थ्य हेरचाहको व्यवस्था गर्नुपर्छ । धेरैजसो रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूका लागि चिकित्सा सेवाहरू समेत प्रदान गर्दछन् ।
दुर्घटना तथा पेशागत बिमारीहरू विरुद्ध बीमा गराउनु रोजगारदाताको एक कर्तब्य हुन्छ । बीमाले उदाहरणका लागि कार्यस्थलमा वा तपाईंको यात्राका क्रममा लागेका चोटपटक समेट्न सक्दछ ।

कुकी सेटिङहरू

Essential cookies

These cookies are necessary for the technical operation of our website and cannot be switched off. Functional cookies are critical for such abilities as browsing and using the features of our website.

Analytics

These cookies only collect anonymous information about how our website is used. Analytics cookies help us to measure and analyse how our website is working. For example, we use these cookies to determine which website content is popular, and to ensure that visitors find content that is relevant to them. The information collected is statistical data and cannot be used to identify individuals. You may nevertheless opt out of these cookies at any time.

Targeting and advertising cookies

We may use these cookies for such purposes as enhancing the relevance and interest of the advertising that you view. Cookies may also help to make the content of our website more interesting to you. Information gathering is based on the unique identifiers of your browser or device. You may opt out of these cookies at any time.